काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले अब कसैले पनि फोहोरमा राजनीति नगर्न चेतावनी दिएका छन् ।
उनले शुक्रबार सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।
बालेनले काठमाडौँ महानगरको फोहोर व्यवस्थापनमा लगातार प्रयास गरेको भएपनि सँधै अवरोध भइरहेको भन्दै महानगरले भारतको इन्दोरमा रहेको फोहोर व्यवस्थापनको मोडल अनुसार काम गर्ने स्पष्ट गरेका छन् ।
साथै बालेनले काठमाडौँको फोहोरको दिगो व्यवस्थापन सम्भव भएको भन्दै राजनीतिक दाउपेच छोडेर महानगरलाई साथ दिन अपिल समेत गरेका छन् ।