काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइन विवाद उत्कर्षमा पुगेकै बेला विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड तथा ट्रंकलाइन विवादको बक्यौता उठाउँदा लाइन नकाट्न निर्देशन दिएको छ ।
मंगलबार प्राधिकरणलाई पत्र पठाउँदै लाइन नकाटी बक्यौता उठाउन निर्देशन दिएको हो । प्राधिकरणले लाइन काट्ने देखेपछि नियमन आयोगले लाइन नकाटी बक्यौता उठाउन भनेको बताइएको छ ।