काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदलाई मन्त्री बनाउने व्यवस्था हटाउनुपर्ने बताएका छन् ।
पूर्व प्रधानमन्त्री उनले आइतबार मकवानपुरको थाहा नगरको बज्रबारहीमा भएको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
उनले अबको व्यवस्थामा सांसदलाई मन्त्री बनाउने व्यवस्था हटाउनु पर्ने र विज्ञ समूहबाट मन्त्री बनाउनुपर्ने बताए ।
निर्वाचन प्रणालीको स्वरूप परिवर्तन गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था ल्याउँदै देशमा स्थिरता कायम गर्नु आजको आवश्यकता रहेको र सोही विषयमा मात्र संविधान संशोधन हुनसक्ने उनले जिकिर गरे ।