काठमाडौं । जिल्ला अदालत कास्कीले सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको छ।
प्रहरीले आज म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराएको थियो ।
अदालतले तिहार बिदाको ५ दिन उधारो हिरासतसहित जोडेर कात्तिक २३ गतेसम्मका लागि प्रहरीलाई अनुसन्धानको अनुमति दिएको हो ।
जिल्ला प्रहरी कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत रविविरुद्ध अनुसन्धानका लागि थप २५ दिन समय मागेको थियो ।