काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले सरकार सञ्चालनमा सहजीकरणका लागि एक संयन्त्र गठन गरेका छन् ।
दुई दलका तर्फबाट चार–चारजना सदस्य रहने गरी गत सोमबार गठन गरिएको संयन्त्रलाई संघीय सरकार सञ्चालनमा समन्वय गर्ने जिम्मेवारी दिइएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, परराष्ट्रमन्त्री आरजु राणा र गृहमन्त्री रमेश लेखक सदस्य छन् । एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारसमेत रहेका उपमहासचिव विष्णु रिमाल सदस्य छन् ।