काठमाडौं । गणतन्त्र सेनानी कोषले नेकपा माओवादी केन्द्रका अध्यक्ष, पुष्पकमल दाहाल प्रचण्डलाई ‘गणतन्त्र नायक सम्मान प्रदान गरेको छ ।
उनलाई देशबाट राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्न दश वर्षे सशस्त्र संघर्षको पहल र नेतृत्व गरेको भन्दै उक्त सम्मान दिइएको हो ।
जनआन्दोलन र संविधानसभाको निर्वाचन हुँदै गणतन्त्र घोषणा, गणतान्त्रिक संविधान निर्माण र गणतान्त्रिक सरकारको नेतृत्व गर्दै मुलुकलाई अघि बढाउन नेतृत्व गरेकोमा गणतन्त्र नायकको सम्मान दिइएको कोषले जनाएको छ।
कोषले यो वर्षदेखि गणतन्त्र स्थापनाका लागि योगदान गर्ने सेनानीलाई गणतन्त्र सेनानी सम्मान प्रदान गर्न सुरु गरेको हो।