काठमाडौं । हिजो मात्रै काठमाडौंबाट पोखरा लगिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ ।
उनलाई पुनः म्याद थपका लागि अदालत उपस्थित गराउन लागिएको हो ।
सहकारी ठगी प्रकरणमा रवि कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।