काठमाडौं । आज तराईका केही स्थानमा बिहानैदेखि हुस्सु लागेको जल तथा मौसम विभागले जनाएको छ ।
आज दिउँसो कोसी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यसैगरी आज राति कोसी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ