काठमाडौं । अहिले गण्डकी र कर्णाली प्रदेशका केही पहाडी भूभागके मौसम बदली रहेको जल तथा मौसम विभागले जनाएको छ ।
देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। तराई तथा उपत्यका क्षेत्रका धेरै स्थानमा अहिले हुस्सुका साथै केही स्थानमा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो र राति पनि देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ।