काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन् ।
महासंघको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले चार हजार दुई सय ८२ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले तीन हजार दुई सय तीन मत प्राप्त गरे ।
अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले दुई सय ७० र लालसिंह लामाले ९६ मत पाए
वरिष्ठ उपाध्यक्षमा युनियन चौतारी प्यानलका दीपक आचार्य ४ हजार २ सय ३० मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी रोशन पुरीले २ हजार ८ सय ८६ मत ल्याए ।
उपाध्यक्ष महिलामा नितु पण्डितले ४ हजार ७ सय ५ मत ल्याई विजयी भइन् । समावेशी उपाध्यक्षमा उमीदप्रसाद बागचन्दले ४ हजार २ सय ९२ मत ल्याएर निर्वाचित भए ।
त्यस्तै महासचिवमा संयुक्त प्यानलबाटै रामप्रसाद दाहालले ४ हजार ८४ मत ल्याई विजयी भएका छन् । अन्य पदहरुमा पनि प्रेस चौतारी नेपाल र प्रेस युनियन प्यानलकै उम्मेदवारहरु विजयी भएका छन् ।


