काठमाडौं । परराष्ट्र मन्त्रालयले हालै प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा भएको नेपाल र चीनबीच भएको बीआरआई फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक भएको छ। मन्त्रालयले आज वेबसाइटमार्फत सम्झौता सार्वजनिक गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा हस्ताक्षर भएको बीआरआई कार्यान्वयन सम्झौतापत्रको कपी मंगलबार सार्वजनिक भएको हो। फ्रेमवर्कमा १० वटा परियोजना समावेश गरिएको छ।
जसमा टोख-छहरे सुरुङमार्ग, हिल्सा सिमिकोट सडक, किमाथांका खाँदबारी सडक तथा पुल चाइना(नेपाल क्रश बोर्डर रेल्वे प्रोजेक्ट, डडेल्धुराको अमरगढी सिटी हल, जिलोङ-रसुवागढी-चिलिमे २२० केभी प्रशारण लाइन, मदन भण्डारी साइन्स एन्ड टेक्नोलोजी युनिभर्सिटी, काठमाडौं साइन्टिफिक सेन्टर तथा साइन्स म्युजियम, चाइना-नेपाल फ्रेन्डशिप पार्क र झापा स्पोर्ट्स एन्ड एथ्लेटिक्स कम्प्लेक्स छन्।