काठमाडौं ।। प्रधान सेनापति अशोक राज सिग्देल भारत प्रस्थान गरेका छन्। भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा प्रधान सेनापति सिग्देल आज नयाँ दिल्ली प्रस्थान गरेका हुन्। उनले मंसिर २६ गतेदेखि मंसिर २९ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने कार्यतालिका रहेको छ।
भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा मंगलबार भारतको नयाँ दिल्लीतर्फ प्रस्थान गरेका नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।
प्रधानसेनापति सिग्देलसँग पत्नी नीता क्षेत्री सिग्देलसहित ९ सदस्य टोली भ्रमण दलमा छन्।