काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले चीनसँग कुनै ऋण लिने विषयमा हस्ताक्षर नगरेको स्पष्ट पारेकी छन् ।
मन्त्री राणाले शनिबार इन्टरनेसनल कोर्ट अफ जस्टिस् (आईसीजे) मा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा नेपालका तर्फबाट धारणा राख्न नेदरल्याण्ड्स् प्रस्थान गर्ने क्रममा यस्तो धारणा राखेकी हुन् ।
सो सम्झौताका बारेमा बुझ्दै नबुझी टिप्पणी गरिएको उनको भनाइ थियो । बिआरआई सम्झौताअनुसारका परियोजनाहरू पनि दुवै देशको सहमतिबाट अघि बढाइने विषय स्पष्टसँग लेखिएकाले नेपालको सहमतिअनुसार नै सो सम्झौता अघि बढ्ने पनि उनले स्पष्ट पारिन् ।