काठमाडौं । आज दिउँसो ३ बजे प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने तय भएको छ ।
बैठकमा आगामी पुस ३ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठकको तयारी, एजेण्डा लगायत विषयमा छलफल हुने बताइएको छ ।
यस्तै, स्थानीय तह उपनिर्वाचनको समीक्षा, नेताहरुको कार्यविभाजन, विधान संशोधनलगायत बैठकको कार्यसूची रहेको जनाएको छ ।