काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले अफगानिस्तानलाई हराएको छ ।
शारजाह क्रिकेट स्टेडियममा मंगलबार भएको खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गरेको हो ।
अफगानिस्तानले दिएको १२४ रनको लक्ष्य नेपालले ४१.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका लागि नरेन साउदले २६ रन जोडे । कप्तान हेमन्त धामी २२ रनमा अविजित रहे । नेपालका लागि अर्जुन कुमालले २१ रन बनाउँदा अभिषेक तिवारीले १३ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
अफगानिस्तानका लागि खातिर खान स्तानिकजाई र अल्लाह गजन्फरले ३–३ विकेट लिए । यसअघि ब्याटिङ थालेको अफगानिस्तान ३५.४ ओभरमा १२३ रन बनाएर अलआउट भएको थियो ।