काठमाडौं । काठमाडौं उपत्यकामा चिसो ह्वात्तै जल तथा मौसम विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियसमा झरेको हो।
नेपालमा औपचारिक रूपमा विन्टर अर्थात् हिउँद सुरु भइसकेको छ। डिसेम्बर १ देखि नेपालको मौसम हिउँदयाममा प्रवेश गरेको हो। यसै क्रममा आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २०८१ सुरु भएयताकै कममा झरेको छ।