काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्लो समय आर्थिक सूचकहरु सकारात्मक बन्दै गरेको जिकिर गरेका छन् । मन्त्री पौडेलले आइतबार पत्रकार सम्मेलन गर्दै यस्तो जिकिर गरेका हुन् ।
मन्त्रालयका अनुसार ६ महिनामा राजस्व संकलन १२ दशमलव ६ प्रतिशत पुगेको छ। अघिल्लो सोहि अवधिमा राजस्व संकलन ८ दशमलव २ प्रतिशत रहेको थियो। त्यस्तै निर्यात ३१।८ प्रतिशतले वृद्धि भएको छ।
गत अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निर्यात ७ दशमलव २ प्रशितले घटेको थियो। मन्त्रालयका अनुसार चालु खर्चका लागि विनियोजित ७ खर्ब ३१ अर्ब ७९ करोडमध्ये पुस मसान्तसम्म २ खर्ब ६६ अर्ब ८५ करोड खर्च भएको छ।
त्यस्तै चालू आर्थिक वर्षको पहिलो ६ महिनामा वित्तीय समानीकरण अनुदानतर्फ ६८ अर्ब २६ करोड, सशर्त अनुदान १ खर्ब १२ अर्ब २५ करोड, समपूरक अनुदान २ अर्ब ४३ करोड, विशेष अनुदान २ अर्ब ५१ करोड गरी कुल १ खर्ब ८५ अर्ब ४४ करोड हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ।