काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो दल बन्ने ठोकुवा गरेका छन् उनले शनिबार मोरङको ग्रामथान गाउँपालिकाको तेतरियामा आयोजित धन्यवाद तथा खबरदारी सभालाई सम्बोधन गर्दै यस्तो दावी गरेका हुन् ।
गत १५ मंसिरमा सम्पन्न उपनिर्वाचनमा मोरङको ग्रामथान गाउँपालिकामा पहिले तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका नमोनारायण माझी अध्यक्षमा निर्वाचित भएका थिए ।
शनिवार मतदाताहरुलाई धन्यवाद दिन आएका प्रचण्डले जनतामा उत्साह जागेकोले आगामी २०८४ को निर्वाचनमा माओबादी पहिलो दल बन्ने दाबी गरे । उनले भने , ‘हामीले १ सय २२ स्थानीय तहमा जितेका थियौं उपनिर्वाचनमा ग्रामथान थपिएपछि १ सय २३ ठाउँ बनायौ अब आगामी निर्वाचनमा हामी २ सय ५० बनाउनेछौं ।’