काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ आज बाँडफाँड हुँदैछ। कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार बुधबार प्रिअलटमेन्ट भइसकेकाले आज बाँडफाँड गरिन लागेको हो।
कम्पनीको आईपीओमा १७ लाख २३ हजार ९३१ जनाको हात रित्तो हुने छ । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १९ लाख ८ हजार ३३१ जनाले २ करोड ५२ लाख ७ हजार ६९० कित्ताका लागि आवेदन दिएका थिए । जस मार्फत २ अर्ब ५२ करोड ७ लाख ६९ हजार रुपैयाँ संकलन भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १८ लाख ४५ हजार कित्ता शेयर निष्कासन गरेको थियो । मागभन्दा बढी आवेदन परेको हुँदा आइपीओ बाँडफाँट गोलाप्रथाबाट हुनेछ ।
गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुँदा १ लाख ८४ हजार ५०० जनाले १०।१० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।