काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विधेयक ल्याएर कुनै पनि दल फुटाउने काममा नलाग्ने प्रष्टीकरण दिएका छन् ।
उनले सोमबार नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई प्रधानमन्त्री निवास बालुवाटारमा बधाई तथा शुभकामना दिने क्रममा यस्तो बताएका हुन् ।
साथै उनले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको बताए ।
उनले केन्द्रीय कार्यसमितिमा ४० प्रतिशत र संसदीय दलमा ४० प्रतिशत भन्ने उल्लेख भएको भन्दै उक्त व्यवस्थामा केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न लाग्दा त्यसको विरोध भएपछि आफूले फिर्ता गरेको बताए ।
प्रधानमन्त्रीले केन्द्रीय समितिमा ४० प्रतिशत पुग्न लाग्दा अध्यक्षले अर्को पार्टी खडा गर्ने र एकता गरेर रोक्ने भन्दै अलग्गिन चाहनेले सक्दै नसक्ने बताए ।