काठमाडौं । प्रमुख प्रतिप्क्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतामा रविमाथि सरकारले पूर्वाग्रह साधेको हो भन्ने परेको बताएका छन् ।
बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा प्रचण्डले यस्तो बताएका हुन् ।
सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकमा विभिन्न ६ वटा राजनीतिक दलका नेताहरू सहभागी थिए ।
बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन र शक्ति बस्नेत थिए । नेकपा एकीकृत समाजवादीका माधव कुमार नेपाल र वरिष्ठ उपाध्यक्ष बेदुराम भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डीपी अर्याल थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका उपनेता बुद्धिमान तामाङ, आम जनता पार्टीका अध्यक्ष प्रभु साह र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव र नेता गंगानारायण श्रेष्ठ सहभागी थिए ।