काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको रकम पाँच लाख बनाउने योजना बनाइरहेको बताएका छन
मन्त्री पौडेलले शनिबार काठमाडौंको टोखामा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले आज यहाँ आयोजना गरेको निःशुल्क स्वास्थ्य तथा आँखा शिविरको उद्घाटनका क्रममा यस्तो बताएका हुन् ।
‘महिलामा क्यान्सर हुन नदिन सरकारले यही माघ २२ देखि देशभरका १६ लाख किशोरीमा क्यान्सरविरुद्धको खोप प्रदान गर्न लागेको छ’, स्वास्थ्यमन्त्री पौडेलले भने, ‘पाँच वटा अस्पतालमा किशोरीका लागि क्यान्सरको निःशुल्क उपचारको व्यवस्था सरकारले मिलाएको छ ।’