काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पुँजीबजारमा देखिएका अवाञ्छित गतिविधिलाई नियमन र नियन्त्रण गरिने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
उनले बुधवार नेपाल आर्थिक पत्रकार (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिने क्रममा यस्तो बताएका हुन् ।
उनले धितोपत्र बजार प्रणालीमा बढी सुधार आवश्यक रहेको बताए। उनले नेपाली पुँजीबजारमा ७० लाख लगानीकर्ता रहेको भन्दै पुँजीबजारलाई थप व्यवस्थित बनाइने बताए। उनले पुँजीबजारमा अवाञ्छित गतिविधि रोक्न बोर्डले पुँजीबजारलाई अटोमेशन प्रणालीमा लैजाने बताए। उनले बोर्डले पुँजीबजारमा अवाञ्छित गतिविधि नियन्त्रण गर्दै बजारलाई नयाँ उचाइमा पुर्याउने बताए।