काठमाडौं । आइतबार पनि शेयर बजारमा पहिरो गएको छ । आज नेप्से परिसूचक २५.४१ अंकले घटेर २६०९.६७ विन्दुमा अडिएको छ।
आज ३०१ कम्पनीको ८० लाख २१ हजार ६३१ कित्ता सेयर किनबेचबाट ३ अर्ब ९९ करोड ७९ लाख ९ हजार ३२३ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
विन नेपाल लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकको सेयर १० प्रतिशतले घटेको हो।
आज न्यादी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा एनआरएन शीर्षस्थानमा रह्यो। सो कम्पनी २० करोड ४१ लाख मूल्य बराबरको सेयर कारोबार भयो।