काठमाडौं । अन्ततः पूर्वडीआईजी छविलाल जोशी काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । उनी काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अचलन मुद्धामा अदालतमा उपस्थित भएका हुन् ।
जोशीविरुद्ध मुद्दाको पेसी जिल्ला न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा तोकिएको छ । खरेलको इजलामा जोशीको बयान र थुनछेक बहस हुनेछ ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।