काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यथासिघ्र रुपमा स्वास्थ्य बीमा सुधारको कार्ययोजना बनाउन निर्देशन दिएका छन् ।
उनले आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन र सुुझावबारे ब्रिफिङ लिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई यस्तो निर्देशन दिएका हुन् ।
निरोगी नेपाल बनाउने लक्ष्यसहित नागरिकलाई सूशिक्षित गराउनुुपर्ने र बिरामी भइहालेमा खर्च नभएर उपचार गर्न नपाउने अवस्था आउन दिन नहुने प्रधानमन्त्रीको भनाइ छ ।
उनले कार्यदलबाट स्वास्थ्य बीमा कार्यक्रमको वस्तुुनिष्ठ समीक्षासहित सुुझाव दिइएकाले बीमा कार्यक्रमलाई सुुधार गर्ने गरी एक साताभित्र कार्ययोजना ल्याउन मन्त्रालयलाई निर्देशन दिएका हुन् ।