काठमाडौं । नेपाल राष्ट्र बैंकल आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
बैंकले आज सार्वजनिक गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिदमूल्य एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीमूल्य एक सय ३८ रुपैयाँ ८८ पैसा कायम भएको छ भने एक युरोपियन युरोको खरिदमूल्य एक सय ४२ रुपैयाँ ५३ पैसा र बिक्रीमूल्य एक सय ४३ रुपैयाँ १५ पैसा रहेको छ । यसैगरी शनिबारका लागि एक युके पाउन्ड स्ट्रलिङको खरिदमूल्य एक सय ६८ रुपैयाँ ९२ पैसा र बिक्रीमूल्य एक सय ६९ रुपैयाँ ६६ पैसा तोकेको छ ।
यस्तै एक स्विस फ्र्याङ्कको खरिददर एक सय ५१ रुपैयाँ ६९ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ३५ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ८६ रुपैयाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ १९ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ८८ पैसा र बिक्रीदर आठ रुपैयाँ ९२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०९ पैसा कायम भएको छ ।