काठमाडौं । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले शिक्षा क्षेत्र सुधार गर्न व्यापक जनदबाब आवश्यक रहेको बताएका छन् ।।
उनले बुधबार काठमाडौंको माइतीघरमा आयोजित खुल्ला शैक्षिक बहसमा बोल्दै यस्तो बताएका हुन् ।
उनले शिक्षा आयोगको प्रतिवेदनलाई तुरुन्त लागु गर्न पनि दबाब दिनुपर्ने जिकिर गरे । केही पुराना भन्नेहरूले आन्दोलनभित्र पसेर लाभ लिने र चुनावको रोटी सेक्ने प्रवृत्ति रहेकाले सजग हुन उनले सुझाव दिए । भट्टराईले युवाको सक्रियतामा नै यस क्षेत्रको सुधार सम्भव रहेको धारणा राखे ।