काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको प्रष्टीकरण दिएका छन् । उनले आज पत्रकार सम्मेलन गर्दै यस्तो प्रष्टीकरण दिएका हुन् ।
ओलीले पत्रकार सम्मेलनमा भने, ‘हामी सरकार टिकाउने मात्रै हाम्रो काम होइन, सरकार त आफैँ टिकिहाल्छ । यसलाई सफल बनाउनु र परिणाम दिनु हाम्रो मुख्य जिम्मेवारी हो । यी अध्यादेश यस रूपमा आउन सक्नुले सरकारको सुशासन र विकासको प्रतिबद्धता ज्वलन्त रूपमा प्रकट भएको छ । यो पूर्ण सहमतिमा अध्यादेश आएको छ ।’
प्रधानमन्त्री ओलीले सत्तारुढ दुवै दलका शीर्ष नेतृत्व र विज्ञसँगको सघन छलफल तथा उद्यमी, व्यवसायीको सुझावसमेतका आधारमा अध्यादेश ल्याइएको जनाउँदै अन्य विधेयकको तयारी भएको र अध्यादेश संसद सुरु भएको पहिलो दिनमै अध्यादेश पेस गर्ने र प्रतिस्थापन विधेयक ल्याएर ६० दिनभित्र पारित गर्ने बताए ।