काठमाडौं । आइतबार सेयर बजार बढेको छ । । आज नेप्से परिसूचक १२ दशमलव ५८ अङ्कले बढेर २६०१ दशमलव २१ को विन्दुमा पुगेको हो ।
आइतबार ३२५ कम्पनीका ७२ हजार ५ सय ४० पटकको कारोबारमा १ करोड २९ लाख ८२ हजार ६१९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार ६२४ रुपैयाँ रहेको छ ।
१३ उपसमूहमध्ये तीन वटा घट्दा बाँकीमा हरियाली छाएको छ भने आज बोटलर्स नेपालका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।