काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले सत्ता सहयात्रीसँग छलफल नै नगरी अध्यादेश ल्याउनु कमजोरी भएको बताएका छन् ।
उनले बुधबार संसद सचिवालय सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । शर्माले राष्ट्रमा दूरगामी असर पर्ने अध्यादेश ल्याउने क्रममा सत्ता सहयात्रीसँग छलफल नगर्नु कमजोरी भएकाले त्यसलाई आत्मसात गर्नुपर्ने बताएका हुन् ।
उनले अध्यादेशका विषयमा सत्ता साझेदार दलबिच भएको विमतिलाई आवश्यक संवाद र छलफल पश्चात् सही रूपमा निष्कर्षमा पुराउने दाबी गरे ।


