काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले अरुको राजनीतिक दल फुटाउने गरी अध्यादेश नल्याउने प्रष्ट पारेका छन् ।
उनले आइतबार आइतबारको संसद् बैठकमा सांसदहरूसँग सवाल-जवाफका क्रममा यस्तो धारणा राखेका हुन् ।
प्रधानमन्त्रीसँग सांसद्को प्रश्नोत्तर कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले अध्यादेशको विरोध गरेपछि ओलीले ०७८ सालमा अध्यादेश ल्याएर एमाले फुटाइएको स्मरण गराए ।
उनले आफूलाई कुनै पनि दल फुटाउन र जोड्ने आफ्नो काम नभएको बताए । ओलीले पार्टी जोड्ने खुद्रा खेलमा आफू नलाग्ने प्रष्ट पारेका छन् ।