काठमाडौं । आज शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होछार पर्व विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औं ग्याल्पो ल्होछार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होछारलाई विभाजन गरिएको छ ।
ग्याल्पो ल्होछार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ