काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत ८ गते शुक्रबारका लागि साधारणसभा बोलाएका हो । बैठक सुनसरीस्थित गोर्खा होटलमा बिहान ९ बजेदेखि सभा बस्ने तय भएको छ ।
कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन। सभामा शेयर संरचना परिमार्जन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र सोका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पेश गरिनेछ।
यसका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।