काठमाडौं । साताको अन्तिम कारोबार दिन विहीबार शेयर बजार झिनो अंकले बढेको छ। आज सेयर बजार परिसूचक (नेप्से) ३.१४ अंकले बढेको हो ।
आज एक करोड ५६ लाख ३७ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६२ करोडको कारोबार भएको नेप्सेले जनाएको छ।
बिहीबार ८१ कम्पनीको सेयर मूल्य बढेको छ भने १५८ वटाको घटेको छ। यस्तै पाँच कम्पनीको मूल्य स्थिर रहेको छ। आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ।


