काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई माया गर्ने र परिवर्तनलाई संस्थागत गर्ने अभियानमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताएका छन् ।
उनले शनिबार माओवादी केन्द्र चितवनले आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
अहिले देशभरि माओवादी पार्टी र यसको नेतृत्वको पक्षमा लहर देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा यसले पहिलो पार्टी बन्ने आधार फराकिलो बन्दै गएको दाबी गरे ।
आफूले १८ महिना सरकारमा रहेर थालनी गरेको नयाँ अभियानबाट डराएकाहरूले सरकारबाट हटाएको जनताले प्रस्ट रूपमा बुझिसकेको उनले बताए ।