काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी० विश्वविद्यालयले नेपाली विद्यार्थीमाथि लगाइएको अस्थायी निलम्बन फिर्ता लिएको घोषणा गरेको छ । केआईआईटीले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेको हो ।
केआईआईटीले थप अप्रिय घटनाहरू हुन नदिन र सहज र निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न नेपाली विद्यार्थीलाई स्थानीय सोधपुछ पूरा नभएसम्मको लागि घर फर्किन सल्लाह दिइएको जनाएको छ ।
आइतबार राति केआईआईटी विश्वविद्यालयको गल्र्स होस्टेलमा एक नेपाली छात्राको मृत्यु भएको घटनालाई विज्ञप्तिमा दुर्भाग्यपूर्ण र अप्रत्याशित बताइएको छ ।