काठमाडौं । नेशनल लाइफ इन्स्यारेन्स कम्पनीले आफ्नो ३८ औं वार्षिकोत्सव भव्य रुपमा न.मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत मातृ नेपाल बालगुह तारकेश्वरलाई आर्थिक सहयोगसहित त्यहाँ रहेका बाल बालिकाहरूलाई खाना खवाउनुका साथै रक्तदान कार्यक्रम समेत गरेको छ।
वार्षिकोत्सव समापन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले खेलकुद प्रतियोगिताका विजेता र रक्तदान गर्ने कर्मचारीहरूलाई प्रमाण पत्र प्रदान गरेका थिए।