काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपद्रो गर्न थालेपछि कांग्रेस–एमाले मिलेर सरकार बनाएको दाबी गरेका छन् ।
महामन्त्री थापाले आइतबार रोल्पाको लिवाङमा आयोजित पार्टीको दोस्रो जिल्ला सम्मेलनमा यस्तो खुलासा गरेका हुन् ।
‘प्रचण्डको चकचक देखेपछि, उपद्रो देखेपछि आजित भएको कांग्रेस र एमालेले मिलेर अहिलेको सरकार बन्यो,’ महामन्त्री थापाले भने ।