काठमाडौं । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीस वार्षिक प्रतिवेदन आव २०८०/८१ पेस हुने कार्यसूची छ ।
गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै सांसद शेरबहादुर कुँवरले सार्वजनिक महत्वको विषयमाथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको ध्यानाकर्षण गराउने छन् ।
उक्त प्रस्तावमाथि दयालबहादुर शाही र पुष्पबहादुर शाहले स्पष्टीकरण माग गर्नेलगायत कार्यसूची छ ।