काठमाडौं । गत राति २:५१ बजे सिन्धुपाल्चोकका भैरवकुन्ड आसपास केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्पबाट अहिलेसम्म कुनै मानवीय क्षति नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले आज बिहान ९ बजे प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो । भूकम्पको केन्द्रबिन्दु रहेको भोटेकोशी गाउँपालिका वडा नम्बर ३ को तुसारेस्थित दुगुनागढीमा सुख्खा पहिरो गएको छ भने केही पुराना घरहरु चर्किएको छ । इलाका प्रहरी कार्यालय कोदारीको जस्ताको छानो भएको प्रहरी ब्यारेकमा समेत सामान्य क्षति भएको कार्यालयले जनाएको छ ।
जिल्ला कारागारको दोस्रो तलाबाट हामफाल्ने क्रममा एक कैदीबन्दीको हात भाँचिएको प्रशसानले जनाएको छ ।