काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ। पार्टी प्रवक्ता अग्नि सापकोटाले सोमबार बसेको पदाधिकारी बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गरेको जानकारी दिए ।
प्रवक्ता सापकोटाका अनुसार कोशी प्रदेशमा हरिबोल गजुरेल, मधेस प्रदेशमा मातृका यादव, बागमती प्रदेशमा हितमान शाक्य, गण्डकी प्रदेशमा दिनानाथ शर्मा, लुम्बिनी प्रदेशमा चक्रपाणि खनाल, कर्णाली प्रदेशमा कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा गिरिराजमणि पोखरेललाई जिम्मेवारी दिइएको हो।
त्यस्तै विशेष प्रदेशमा जयपुरी घर्ती, प्रवासअन्तर्गत सार्क समितिमा लक्ष्मण पन्त, युरोप-अमेरिकामा राम कर्की र एसिया समितिमा ओम शर्मालाई जिम्मेवारी तोकेको प्रवक्ता सापकोटाको भनाइ छ।