काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन निर्देशन दिएका छन् ।
उनले विहीबार सिंहदरबारमा कृषि मन्त्रालयको ब्रिफिङ लिने क्रममा यस्तो निर्देशन दिएका हुन् ।
कृषि आधुनिकीकरण, उत्पादकत्व वृद्धि, र स्रोत साधनको प्रभावकारी उपयोगमा जोड दिँदै प्रधानमन्त्री ओलीले नेपाललाई आत्मनिर्भर बनाउने दिशामा ठोस नीति अवलम्बन गर्न निर्देशन समेत दिए।