काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन् । पूर्व प्रधानमन्त्री नेपालले समाजवादी प्रेस संगठन नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन् ।
दलाल पुँजीलाई र बिचौलियालाई पोस्ने काम सरकारले गर्न खोजिरहेको उनको आरोप छ । यसबारेमा भण्डाफोर गर्न पार्टी निकट पत्रकारहरूलाई आग्रह गरे । उनले समितिमा विचाराधीन रहेका विधेयकहरू फिर्ता नलिएसम्म अध्यादेश जारी गर्न नपाइने अवस्थालाई मिचेर सरकारले अध्यादेश जारी गरेको बताए । कानुनको रक्षक हुनुपर्ने सरकार आफैँ भक्षक बनेको उनको आरोप छ ।