काठमाडौं । आज महाशिवरात्रिको अवसरमा करिब सात लाख भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन् । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले बुधबार साँझसम्म करिब सात लाख भक्तजनले पशुपतिनाथको दर्शन गरेको बताए ।
“आधिकारिकरूपमा कति जनाले दर्शन गरे भन्ने कुरा प्रचारप्रसार समितिले भोलिमात्रै सार्वजनिक गर्छ । अहिलेसम्मको तथ्यांकलाई हेर्दा करिब सात लाख भक्तजनले पशुपतिनाथको दर्शन गरे,” उनले भने ।