काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार झिनो अंकले बढेको छ । आज सेयर बजार परिसूचक (नेप्से) ३.३५ अंकले बढेको हो ।
आज ३१० वटा धितोपत्रको दुई करोड ११ लाख १० हजार ६१९ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब आठ करोडको कारोबार भएको नेप्सेले जनाएको छ।
सोमबार ९० कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ वटाको घटेको छ।