काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई बिदाइ गरिएको छ । आइतबार मन्त्रालयले कार्यक्रम गरेर उनलाई विदाइ गरिएको हो ।
डा. पोखरेल २०७८ साउन ४ मा स्वास्थ्य सचिवमा नियुक्त भएका थिए ।
कार्यक्रममा स्वास्थ्य मन्त्री प्रदीप पौडेल तथा सचिव हरिप्रसाद मैनालीले आगामी दिनको शुभकामना दिए । पोखरेलसँगै अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहलाई पनि बिदाइ गरिएको छ । उनी २०७९ साउनमा अतिरिक्त सचिव नियुक्त भएका थिए ।