काठमाडौं । तीनकुनेको आगोमा जलेर एभिन्युज टिभीका पत्रकार सुरेश रजकको मृत्यु भएको छ ।
राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । सो घटनालगत्तै रजक सम्पर्कविहीन भएका थिए ।
एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालले भने, ‘रिपोर्टिङमा गएको साथी सम्पर्कविहीन हुनुहुन्छ । अस्पतालतिर पनि भएको जानकारी छैन ।’