काठमाडौं । एनआईसी एसिया बैंकको २७औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ ।
बैंकको साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गरेको छ । यसका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन तथा थप गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
साथै, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सम्बन्धित निकायहरूको आवश्यक स्वीकृति प्राप्त गरी प्रतिसेयर १०० का दरले पाँच अर्ब रुपैयाँ बराबरको एनआईसी एसिया अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।