काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रश्न र आलोचना गरे पनि घृणा फैलाउने काम नगर्न आग्रह गरेका छन्।
काठमाडौं ४ बाट निर्वाचित सांसदसमेत रहेका थापाले मंगलबार प्रतिनिधि सभाको बैठकमा यस्तो आग्रह गरेका हुन् ।
‘केही कुरामा हाम्रा बीचमा समझदारी हुनैपर्छ- यो संविधान जोगाउने कुरामा, संवैधानिक संस्था जोगाउने कुरामा, यसलाई ठिक ढंगले लैजाने कुरामा हामी सबैका बीचमा समझदारी हुनैपर्छ,’ प्रतिपक्षी दलहरूप्रति लक्ष्य गर्दै थापाले भने, ‘प्रश्न गरौं, आलोचना गरौं तर घृणा फैलाउने काम नगरौं। कुनै व्यक्तिका बारेमा यसरी पनि घृणा नफैलाऔं कि त्यो घृणाले हामी सबैलाई लिएर जान्छ। त्यसैले संसदभित्र र बाहिर प्रतिस्पर्धा सभ्य र सुसूचित बहस गरौं।’